images
images
  • थारू समुदायले संविधान दिवसलाई कालाे दिनका रुपमा मनाउने

    धनगढी – मनाइरहँदा कैलालीमा थारू समुदायले भने यस दिनलाई कालो दिनका रुपमा मनाउदै संविधान जलाउने भएका छन् । संविधानमा आफ्ना अधिकार नसमेटेकाले संविधानको धारा २ सय ७४ र अनुसुचि ४ जलाउएर कालो दिन मनाइने थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष माधव थारूले बताए ।

    ‘विगतदेखि नै हामीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउदै आएका छौँ,’ उनले भने, ‘यस पटक पनि त्यसलाई निरन्तरता दिइनेछ ।’ उनले थारू समुदायका मागलाई संविधानमा नसमेटिएसम्म संविधान नमान्ने बताए । ‘थरूहट थारूवान स्वायत्त राज्य, टीकापुर घटनामा दोषी ठहरिएकाको रिहाई’ लगायतका माग राखेर थारू समुदाय आन्दोलनमा छन् ।

    थारू समुदायले आज कैलालीको जोशीपुरमा सभासहित कालो दिवस मनाउने कार्यक्रम रहेको थारूले बताए । थारू कल्याणकारिणी सभा कैलाली, थरूहट थारूवान राष्ट्रिय मोर्चा र थारू विद्यार्थी समाजले सभाको संयुक्त आयोजना गर्ने जनाइएकोछ ।

    प्रदेश सरकारले दिप प्रज्वलन गर्ने

    सातौँ सविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भिडभाडका कार्यक्रम केही नगर्ने निर्णय गरेकोछ । प्रदेश सरकारले ३ दिनसम्म दिप प्रज्वलन गरेर संविधान दिवस मनाउने निर्णय गरेकोछ ।कोरोना संक्रमणका कारण भिडभाड हुनेगरी सभा सम्मेलन नगर्ने प्रदेश सरकारले निर्णय गरेकोछ । प्रदेशका सबै सरकारी कार्यालय, मन्त्रालयमा २,३ र ४ गते दिप प्रज्वलन गरी ७ ‌औं संविधान दिवस मनाउन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images