images
images
  • सभापति देउवासँग छलफल गर्न रामचन्द्र पौडेल समूह बालुवाटारमा

    काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको विवाद समाधान गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई बालुवाटार बोलाएका छन् ।

    बालुवाटार स्रोतकाअनुसार देउवासँग छलफल गर्न पौडेल बालुवाटार पुगेका छन् । खासगरी डडेल्धुरामा विवादित वडा अधिवेशनदेखि बाँकी जिल्लाको क्रियाशीलता सदस्यता विवाद टुंग्याउने विषयमा छलफल गर्न देउवाले पौडेलसहितका शीर्ष नेतालाई बोलाएका हुन् ।

    ‘रामचन्द्र दाई आउनुभएको छ । पार्टीको सबै विषयमा कुराकानी भइरहेको छ,’ देउवाको सचिवालयका एक सदस्यले भने ।  डडेल्धुरामा सभापति देउवाले एकलौटी रुपमा वडा अधिवेशन गराएको भन्दै पौडेल समूहले पुन:निर्वाचनको माग गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images