images
images
  • शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभा बैठक स्थगित

    काठमाडौं – राष्ट्रिय सभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकले पहिलो संविधानसभाका सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्थाव पारित गरेको हो ।

    बुधबारको बैठकको शोक प्रस्तावबाहेकका विषयलाई कार्यसूचीबाट हटाइएको थियो । शोक प्रस्ताव पारित गर्दै बुधबारको बैठक ५ असोज २०७८ सम्मका लागि स्थगित गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images