images
images
  • प्रधानसेनापति प्रभुराम शर्माले पाए दर्ज्यानी चिह्न, सम्हाले कार्यभार

    काठमाडौं-नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि कार्यभार सम्हालेका हुन् ।

    यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । साथै शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरेका छन् ।

    राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी थिए ।

    राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी थिए ।

    अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते सकिएपछि शर्मा प्रधानसेनापति बनेका हुन् ।

    शर्मालाई राष्ट्रपति भण्डारीले ११ भदौमा प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् । पदावधि समाप्त हुनुभन्दा एक महिना अघि अर्थात साउन २५ गतेदेखि नै थापा घरविदामा बसेपछि जेष्ठताका आधारमा शर्माले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी पाएका थिए ।

    Prabhu Ram Sharma

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान

    1631178828

    नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हाल्दै

    प्रतिक्रिया दिनुहोस्
    images
    images