काठमाडौं-अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाण्डु आइपुगेको छ ।
उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन् । उनीहरू बिहीबार कतारबाट काठमाडौं आएका हुन् ।नेपालमा एमसीसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन् । सुमारले शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।
त्यो भन्दा अगाडि उनले विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यतालिका रहेको छ । उनले आज दिउँसो करिब १ बजे अध्यक्ष ओली निवास बालकोट पुगेर भेट गर्ने कार्यसूची रहेको छ । साथै उनले अन्य दलका शीर्ष नेताहरुसँग पनि भेट गर्ने कार्यतालिका रहेको स्रोतले जानकारी दियो । सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।


विश्व खबर 


















