images
images
  • एमाले कार्यदलको बैठक सकियो,एक-आपसमा अन्तरविरोध हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान

    काठमाडौं। पार्टी विवाद समाधानको लागि नेकपा एमालेद्वारा गठित संस्थापन र माधव पक्षको कार्यदलबीच आजको पहिलो वार्ता सकिएको ।

    एमाले विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरी लागु गर्ने निर्णय गरेको छ ।

    बैठकपछि एमाले नेता भीम रावलले कार्यक्षेत्र, कार्यविधि र आचारसंसहिता तय गरेर लागु गर्दै पार्टीभित्रको विवाद समाधान गर्न पहल गर्ने निर्णय गरेको जानकारी दिए ।

    पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंत्तिलाई एकतावद्ध गदैृ अघि बढाउन कार्यदलले सवैसँग सहयोग र सद्भावका लागि आग्ह गरको छ’, नेता रावलको भनाइ छ ।


    साथै बैठकले पार्टी एकता र समझदारीलाई बृद्धि गर्न तथा आपसमा अविस्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट पार्टीपंतिलाई आव्हान गर्ने निर्णय गरेको छ ।

    अर्को बैठक बुधबार पुन बस्ने रावलले जानकारी दिए ।आजको वार्तामा विष्णु पौडेल र शंकर पोखरेल काम विशेषले अनुपस्थित रहेको भन्दै नेता रावलले बैठक पुन; भोलि बुधबार तय गरिएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images