images
images
  • बामदेव पत्नी तुलसा एमाले संसदीय दलको बैठकमा

    काठमाडौं – पार्टी परित्याग गरेर हिँडेका बामदेव गौतमकी पत्नी तुलसा थापामगर नेकपा (एमाले) संसदीय दलको बैठकमा उपस्थित भएकी छिन् ।

    बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन् । आजबाट सुरु हुने संघीय संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो । बैठक जारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images