images
images
  • सम्मेलन सकिएको १० दिनपछि वाईसिएलले छान्यो संयोजक र सहसंयोजक

    काठमाडौं – राष्ट्रिय सम्मेलन सकिएको १० दिनपछि माओवादी केन्द्रको भ्रातृसंगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) ले संयोजक र सहसंयोजक चयन गरेको छ ।

    वाईसिएलको संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुबोध सेर्पाली चयन भएका छन् ।

    हालै सम्पन्न वाईसिएलको राष्ट्रिय सम्मेलन नेतृत्व चयन नै नगरी सम्पन्न भएको थियो । वाईसिएलको संयोजक र सहसंयोजक चयन गर्ने अधिकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो । वाईसिएलको दुई दिने राष्ट्रिय सम्मेलन १२ भदौमा उद्घाटन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images