images
images
  • प्रधानमन्त्रीले फेरि सपथ लिन नपर्ने,सर्वोच्चले दिएन अन्तरिम आदेश


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

    मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

    यसअघि नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाको ठूलो दलको हैसियतमा प्रधानमन्त्री पदको शपथ लिने क्रममा वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द उच्चारण गर्न अस्वीकार गर्दै ‘त्यो पर्दैन” भनेको विषयमा सर्वोच्च अदालतमा रिट परेको थियो ।

    वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले प्रधानमन्त्री ओलीले शपथका क्रममा राष्ट्रपति भण्डारीले भनेअनुसार नगरेको र शपथका क्रममा ‘त्यो पर्दैनु’ भनेर राष्ट्रपति र राष्ट्रपति संस्थाको मानमर्दन हुन गएको भन्दै सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका थिए । रिटमाथि सर्वोच्च अदालतले मंगलबारका लागि पेशी तोकेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images