images
images
  • सत्ता गठबन्धनकै विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्री खाँणको पुत्ला

    काठमाडौं – नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुतला जलाएको छ । नयाँ बानेश्वरस्थित मीनभवन क्याम्पस अगाडि अनेरास्ववियूले गृहमन्त्रीख खाँणको पुतला जलाएको होे ।

    गृहमन्त्री खाँणको पुतला जलाउनुका अनेरास्ववियुले गृहमन्त्रालयले कुनै पनि मित्रराष्ट्रका प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्न नपाइने भन्दै जारी गरेको विज्ञप्ति पनि जलाएको छ ।

    यही १८ भदौमा भारतीय हस्तक्षेपविरुद्ध आरआर क्याम्पस अगाडि विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाएपछि गृहमन्त्रायले छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीविरुद्ध गतिविधि नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।

    सोही विज्ञप्तिको विरोध गर्दै आज दिउँसो गृहमन्त्री खाँणको पुतला र विज्ञप्ति जलाइएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images