काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । गृहमन्त्री थापा कोटेश्वरस्थि नेता नेपालको निवासमा पुगेका हुन् ।
यही जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका विषयम छलफल गर्न थापा त्यहाँ पुगेको बताइएको छ ।
यसअघि नेता नेपालसहितको सहमतिमा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) को गठबन्धनबाट खिमलाल देवकोटा उमेदवार बनेका थिए ।
देवकोटा नेपाल निकट हुन् । तर एमाले विवाद समाधानतर्फ बढेपछि माधव नेपाल समूहले पनि बादललाई नै मत दिने बताउँदै आएको छ । माओवादी केन्द्रले भने देवकोटालाई मतदान गर्न आग्रह नै गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्