images
images
  • राष्ट्रिय सभागृहमा किन हुदैछ ओलीको सम्बोधन ?

    काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले काठमाडौं महानगर कमिटीद्वारा राष्ट्रिय सभागृहमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् ।

    अस्वस्थताका बाबजुद पनि ओलीले शनिबार दिउँसो बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गरेका हुन् ।

    पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले ओली शुक्रबारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिएका थिए ।

    अत्यावश्यकबाहेक सबै भेटघाट बन्द गरिए पनि ओलीले एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गरेका हुन् ।

    माधव पक्षप्रति  कटाक्ष : ‘खान गएका पञ्जाबका लङ्गुरका झुण्डजस्तै’
    अध्यक्ष ओलीले पार्टी नफुटेको बरु विगतदेखि झमेला गर्दै आइरहेका केही तत्त्व बाहिरिएको बताएका छन् ।  माधव नेपाल समूह पार्टीमा वैचारिक द्वन्द्व नभइ केवल पदका लागि मात्र पार्टीबाट बाहिरिएको बताए ।

    उनले भने–‘कतिले भन्ने गरेका छन् एमाले फुटेको छ टुटेको छ, अझै ठुलो भुँइचालो जानेछ भनेर आस गरेका छन् । अहिले पाटी फुटेको हैन, पार्टीमा बिग्रिएकाहरू जो विगतदेखि नै पार्टीमा अनेक झमेला गर्दै आएका थिए ती चोइटिएका मात्र हुन् ।’ उनले अहिलेको गठबन्धन सरकारको कुनै नीति नभएको र खानका लागि गएको आरोप लगाए ।

    उनले भने–‘ यिनीहरू पञ्जावका लङ्गुर बाँदरका झुण्ड जस्तै हुन् । खानका लागि गएका झुन्ड हुन् । हाम्रो पार्टीबाट जानेहरूले कहिल्यै पाटीभित्र वैचारिक लडाइँ गरे ? नीति सिद्धान्त बिचारका केही फरक छ ? खाली मलाई यो पुगेन त्यो पुगेन भनेको छ ।’

    उनले माधव नेपालप्रति लक्षित गर्दै भने–‘कहिले प्रधानमन्त्री बन्न पाउन भनेर राजाको वरिपरि दाम चढाएर हिँडेको छ, कहिले हुलाकबाट प्रधानमन्त्री बन्न पाउँ भनेर पत्र पठाएको पनि छ । यस्ता अनेक खालका तमासा गरिएको छ । २ सय ४० सिट भएको बेला पार्टीलाई ३३ सिटमा ल्याएर खुम्चाएको छ । मैले केही गर्न सकिन भनेर राजीनामा दिएको मान्छेलाई फेरी भाग चाहिएको छ । त्यस्ता केही तत्त्वहरू पार्टी छोडेर गएका हुन् ।’ उनले एमालेको सरकारले पहिलो पटक अन्तरिक्षमा स्याटलाइट पठाएको बताए ।

    उनले अहिलेको सरकारले आफूले शिलान्यास गरेको २ सय ६० सडक आयोजनाको रद्द गरेको बताए । उनले अहिलेको सरकारले भूमिहीन सुकुम्वासी समस्या समाधान आयोग खारेज गरेको भन्दै यो सरकार गरिबमारा रहेको बताए ।

    अब मेलम्ची ल्याउन एमाले नै चाहिन्छ
    अध्यक्ष ओलीले अहिलेको सरकारले मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने दावी गरेका छन् । ओलीले एमालेबाहेक अरुले मेलम्चीको पानी ल्याउन नसक्ने बताए ।

    मेलम्चीमा बाढीले क्षति गरिसकेपछि पनि आफू नेतृत्वको सरकारले आउँदो वैशाखसम्म पानी ल्याउने तयारी गरेको भन्दै ओलीले यो सरकारले वैशाखमा पानी ल्याउन नसक्ने जिकिर गरे ।

    उनले भने ‘चुनावपछि एमाले जितेर आउँछ र मेलम्ची ल्याउँछ । एमाले चाहिन्छ मेलम्ची ल्याउन अरुले ल्याउन सक्ने छैन ।’
    आफू नेतृत्वको सरकारले मेलम्ची जाने सडक मर्मतमा बजेट विनियोजन गरेको तर अहिलेको सरकारले काटेको ओलीले दावी गरे ।

    सरकारलाई प्रश्न कसलाई खुसी पार्न चीनसँग सीमा विवाद देखाएको ?
    अध्यक्ष ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गरेका छन् ।ओलीले सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन चुनौती समेत दिएका छन् ।

    उनले पटक पटक चीनसँग कुनै सीमा विवाद नभएको दोहोर्‍याउँदै भने, ‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्‍यो रे रु कसलाई खुसी पार्न रु यो सरकारलाई चुनौती दिन चाहन्छु यो समितिले कुनै ठाउँ सीमा विवाद देखाओस् ।’ उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि आरोप लगाए ।

    त्यस्तै, यो सरकारले कुनै रचनात्मक काम नगरेको र सबै कुरा बिगार्दै लगेको पनि आरोप लगाए । ‘रानी पोखरीमा ढुङ्गा हान्न सक्छन्, तपाईंहरु याद गर्नु होला । मूर्ति भत्काउन सक्छन् । यिनीहरूले रचनात्मक काम गर्दैनन् बिगार्दै मात्र गएका छन् ।’

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images