images
images
  • प्रहरी जवान आधारभूत तालिमका ३ हजार ५ सय ७१ जना प्रहरी जवान दीक्षित

    काठमाडौँ – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरुमा २०७७ मंसिर ३ गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा सहभागी ३हजार ५ सय ७१ जना प्रहरी जवानहरु मंगलबार दीक्षित भएका छन् । ती मध्ये ६ सय ५८ जना महिला र २ हजार ९ सय १३ जना पुरुष रहेका छन् ।

    केन्द्रीय प्रहरी बिशेष कार्यदल कपनको दीक्षान्त समारोहमा महानगरीय प्रहरी कार्यालय  रानीपोखरीका प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त दीक्षान्त समारोहमा सशस्त्र प्रहरी गण नम्बर १ नक्सालका  ९४ जना र केन्द्रीय प्रहरी बिशेष कार्यदल कपनका ९६ जना गरी जम्मा १ सय ९० जना प्रशिक्षार्थी दीक्षित भएका छन् ।

    नेपाल प्रहरी शिक्षालय भरतपुरको दीक्षान्त समारोहमा प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय नक्सालका प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त शिक्षालयबाट ८८ जना
    प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीको दीक्षान्त समारोहमा राष्टिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रहरी नायव महानिरीक्षक डा. देव बहादुर बोहराले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

    उक्त महाविद्यालयबाट १ सय ६० जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरको दीक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त दीक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरका ४ सय ८० जना, १ नम्बर प्रदेश सशस्त्रप्रहरी गण विराटनगरका ९६ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीका ९५ जना गरी जम्मा ६
    सय ७१ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

     

    दीक्षान्त समारोह 1

    २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजको दीक्षान्त समारोहमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले  प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट १ सय ९४
    जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको दीक्षान्त समारोहमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय २ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । साथै बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडाको दीक्षान्त समारोहमा संघीय प्रहरी ईकाइ कार्यालय बागमतीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

    संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा सोही गणबाट ४८ जना र बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटेबाट ४७ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको दीक्षान्त समारोहमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवस लोहनीले प्रशिक्षार्थीहरुलाई  पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय १० जना  प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

    लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी  कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्यले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ३ सय ९६ जना
    प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । साथै लुम्बिनी प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासीको दीक्षान्त समारोहमा संघीय प्रहरी ईकाई कार्यालय रुपन्देहीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशिल कुमार यादवले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण
    गर्नुभयो । उक्त गणबाट ९७ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

    कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)को दीक्षान्त समारोहमा  कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ऐरले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ५ सय १२
    जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । साथै कर्णाली प्रदेश सशस्त्र प्रहरी गण सुर्खेतबाट ९८ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

    सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलको दीक्षान्त समारोहमा प्रहरी प्रधान  कार्यालय अपराध अनुसन्धान विभाग नक्सालका प्रहरी नायव महानिरीक्षक राजेश कुमार लाल कर्णले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ३
    सय ९५ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । साथै सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायल अन्तर्गत बुडरको दिक्षान्त समारोहमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम बहादुर चन्दले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

    उक्त प्रशिक्षणस्थलबाट २ सय ११ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । राष्ट्रिय प्रहरी प्रक्षिक्षण प्रतिष्ठान महाराजगंजको दीक्षान्त समारोहमा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र केसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त प्रतिष्ठानबाट ५२ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

    दीक्षान्त समारोहका प्रमुख अतिथिहरुले प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशनसमेत दिनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images