images
images
  • होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

    काठमाडौं- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ ।

    इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलडमरूमध्य पार गर्न खोजेपछि कारबाही गरिएको हो ।

    यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

    इरानले अनुमति बिना जलडमरूमध्य पार गर्ने अन्य जहाजमाथि पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

    यसैबीच, अर्को तेलवाहक जहाजमाथि पनि अज्ञात वस्तुबाट आक्रमण भएको बताइएको छ ।

    चालकदलका सबै सदस्य सुरक्षित रहेको जनाइएको छ ।

    यमनमा हुथी समूहको गतिविधिका कारण बाब अल–मन्देब जलडमरूमध्यमा पनि व्यापारिक जहाजको आवागमन घटेको छ ।

    मध्यपूर्वमा जारी द्वन्द्वका कारण महत्वपूर्ण समुद्री व्यापारिक मार्गहरू प्रभावित भइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images