images
images
  • बाढीपीडितहरू उत्रिए आन्दोलनमा

    काठमाडौं- नुवाकोटमा त्रिशूली नदीमाथिको पुल निर्माणको माग गर्दै बाढीपीडित तथा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

    गत १० भदौको बाढीले त्रिशूली नदीका पुललगायत संरचना बगाएपछि वारि–पारि आवतजावत प्रभावित भएको छ ।

    स्थानीयले तत्काल अस्थायी आवतजावतको व्यवस्था गर्न र पुल निर्माण सुरु गर्न माग गरेका छन् ।

    केही ठाउँमा तुइनमार्फत आवतजावत भइरहेको भए पनि यात्रुको चाप धान्न नसक्ने अवस्था रहेको उनीहरूको भनाइ छ ।

    प्रदर्शनकारीले ‘अब ढिलाइ स्वीकार्य छैन, पुल निर्माण सुरु गर र जवाफदेही बन’ लगायतका नारा लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images