images
images
  • भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेको ५८ करोड सहयोग

    काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यवसायी डा. शेष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेसनले भोटेकोसी बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

    फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँग सम्झौता गर्दै बाढी प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म अध्ययनका लागि सहयोग गर्ने जनाएको छ ।

    सहयोगबाट बालबालिकाको शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्यलगायत आधारभूत आवश्यकता पूरा गर्न मद्दत पुग्ने घलेले बताएका छन् ।

    उनले बाढीको पानी घट्दैमा समस्या अन्त्य नहुने भन्दै प्रभावित बालबालिकालाई आगामी वर्षहरूमा समेत सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images