विराटनगर- नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ मा क्रियाशील सदस्यको अद्यावधिक नामावली नआएपछि वडा अधिवेशन अन्योलमा परेको छ ।
कांग्रेसले शनिबार देशभर वडा अधिवेशन सुरु गरे पनि क्षेत्र नम्बर ६ मा अन्तिम सदस्यता सूची नआएकाले प्रक्रिया अघि बढ्न नसकेको हो ।
अधिवेशन गराउने जिम्मेवारी पाएका पूर्वसांसद चुमनारायण तबदारले केन्द्रबाट अन्तिम नामावली आएपछि मात्र निर्वाचन प्रक्रिया सुरु गर्न सकिने बताए ।
क्षेत्र नम्बर ६ कांग्रेस नेता डा. शेखर कोइराला र सहमहामन्त्री डिला संग्रौलाको गृहक्षेत्र हो ।
यसैबीच कांग्रेसको संस्थापन र इतर समूहले छुट्टाछुट्टै महाधिवेशन मिति तय गरेपछि डा. कोइराला भने तटस्थ बसेका छन् ।
तबदारका अनुसार अन्तिम नामावली प्राप्त भएमा शनिबार बेलुकासम्म वडा अधिवेशन गराउन सकिने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















