images
images
  • कांग्रेस ललितपुरले वडा अधिवेशन २१ भदौमै सक्ने

    काठमाडौं – नेपाली कांग्रेस जिल्ला कार्यालय ललितपुरले पार्टीको वडा अधिवेशन २१ भदौभित्रै सक्ने भएको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिले १८ भदौमा तोकिएको वडा अधिवेशन २३ भदौसम्म सक्न समयसीमा थपेका बेला ललितपुर कांग्रेसले २१ गतेभित्र वडा अधिवेशन सक्ने जानकारी गराएको छ ।

    जिल्ला सभापति मदनबहादुर अमात्यले केन्द्रीय निर्वाचन समिति र जिल्ला निर्वाचन अधिकृतलाई बुधबार पत्र पठाउँदै ललितपुरका महानगर, नगर र गाउँपालिकाको वडा इकाई अधिवेशन २१ भदौमा सम्पन्न गर्ने जानकारी गराएका हुन् ।

    कांग्रेसले वडा अधिवेशन १८-२३ भदौ र पालिका अधिवेशन २७-२९ भदौसम्म गर्न समयसीमा तोकेको छ ।

    241105435 213410010830395 2291640609262625093 n 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images