images
images
  • कांग्रेसले २१ जिल्लाकाे क्रियाशील सदस्यता विवाद टुंग्याउन बाँकी, के हुन्छ अधिवेशन ?

    काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका सबै वडा अधिवेशन भदौ १८ गते नै सम्पन्न नहुने निश्चित भएको छ । पार्टीको क्रियाशील सदस्यता छानबिनको काम समयमै नसकिए पछि सबै वडाको अधिवेशन १८ गते नै असम्भव देखिएको हो । वडा अधिवेशनको मिति आउन दुई दिन मात्रै बाँकी रहँदा सम्म २१ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी छ । निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले मंगलबार सम्म क्रियाशील सदस्यता विवाद टुंगिएका जिल्लामा १८ गते नै वडा अधिवेशन गर्न सकिने बताए ।

    ‘हिजो सम्म क्रियाशील सदस्यता सार्वजनिक भएका अधिकांश जिल्लामा १८ गते नै वडा अधिवेशन गर्न सकिन्छ, बाँकी जिल्लामा असम्भव छ’ यादवले न्युज कारखानासँग भने,‘अन्य जिल्लामा सदस्यता टुंगिएपछि त्यही आधारमा वडा समितिले निर्वाचन गर्छन् ।’ यसअघि नै सदस्यता टंगो लागिसकेका दुर्गमका केही जिल्लामा पनि १८ गते नै अधिवेशन असम्भव रहेको उनले बताए ।

    निर्वाचन समितिले मंगलबार थप तीन जिल्ला सुनसरी, बागलुङ र मकवानपुरको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो । ‘मंगलबार सार्वजनिक भएका जिल्ला मध्ये बाग्लुङ अलि टाढा हो । त्यहाँ पनि आजै प्लेनमा पोखरा हुँदै निर्वाचन अधिकृत र आवश्यक सामग्री पठाउछौं’ यादवले भने,‘त्यहाँ पनि सम्भवत् १८ गते नै वडा अधिवेशन हुन्छ ।’

    यादवले १८ गतेबाट वडा अधिवेशन सुरू भइसक्ने र २७ गतेभित्र क्रियाशील सदस्यता टुंगो लागेका आधारमा उपयुक्त दिनमा निर्वाचन समितिको अनुमतिमा वडा अधिवेशन गर्न सकिने बताए । क्रियाशील सदस्यता छानबिन समितिका सदस्य डा. मिनेन्द्र रिजालले २१ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएर निर्वाचन समितिलाई बुझाउने गृहकार्य भइरहेको बताए ।

    ‘सदस्यता विवाद चाँडो भन्दाचाँडो टुंग्याउन हामी तीव्र गतिमा काम गरिरहेका छौं’ रिजालले भने,‘निरन्तर काम भइरहेको छ । केही कामहरू बाँकी छन् । सम्भवत् चाँडै टुंग्याउछौ होला ।’ उनले १८ गतेबाट वडा अधिवेशन हुँदै जाने र २७ गते पालिकाको अविधेशन अघि क्रियाशील सदस्यताको टुंगो लागेर प्रतिनिधि पठाउने काम सकिने बताए । क्रियाशील सदस्यता विवाद टुंग्याउन कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकसम्मिलित समितिले काम गरिरहेको छ । समितिले क्रियाशील सदस्यको टुंगो लगाएर निर्वाचन समितिलाई बुझाउछ र समितिले पार्टीको वेबसाइटमा प्रकाशित गर्छ ।

    हाल सम्म क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरू:

    १. ताप्लेजुङ
    २. पाँचथर
    ३. इलाम
    ४. संखुवासभा
    ५. तेह्रथुम
    ६. खोटाङ
    ७. सोलुखुम्बु
    ८. ओखलढुंगा
    ९. उदयपुर
    १०. झापा
    ११. दोलखा
    १२. रामेछाप
    १३. सिन्धुली
    १४. भक्तपुर
    १५. गोरखा
    १६. लम्जुङ
    १७. तनहुँ
    १८. कास्की
    १९. मनाङ
    २०. मुस्ताङ
    २१. पर्वत
    २२. स्याङ्जा
    २३. म्याग्दी
    २४. नवलपुर (बर्दघाट सुस्तापूर्व)
    २५. नवलपरासी (बर्दघाट सुस्तापश्चिम)
    २६. रूपन्देही
    २७. पाल्पा
    २८. रुकुम (पूर्वी भाग)
    २९. रोल्पा
    ३०. रुकुम (पश्चिम भाग)
    ३१. जुम्ला
    ३२. मुगु
    ३३. हुम्ला
    ३४. बझाङ
    ३५. डोटी
    ३६. दार्चुला
    ३७. बैतडी
    ३८. कञ्चनपुर
    ३९. धनकुटा
    ४०. भोजपुर
    ४१. गुल्मी
    ४२. प्यूठान
    ४३. दाङ
    ४४. सल्यान
    ४५. कालिकोट
    ४६. जाजरकोट
    ४७. दैलेख
    ४८. अछाम
    ४९. नुवाकोट
    ५०. धादिङ
    ५१. चितवन
    ५२. ललितपुर
    ५३. अर्घाखाँची
    ५४. मकवानपुर
    ५५. सुनसरी
    ५६. बाग्लुङ

    क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी जिल्लाहरू :

    १. भोजपुर
    २.धनकुटा
    ३.मोरङ
    ४.सप्तरी
    ५.सिराहा
    ६. डडेलधुरा
    ७.धनुषा
    ८.महोत्तरी
    ९.सर्लाही
    १०.पर्सा
    ११.रौतहट
    १२. काठमाडौं
    १३.काभ्रेपलाञ्चोक
    १४. रसुवा
    १५. सिन्धुपलाञ्चोक
    १६. कपिलवस्तु
    १७. बाँके
    १८. बर्दिया
    १९. डोल्पा
    २०. बाजुरा
    २१. कैलाली

    प्रतिक्रिया दिनुहोस्
    images
    images