काठमाडौं – नेकपा एमाले विभाजनपछि बागमती प्रदेशका १२ एमाले सांसदले माधव नेपालको नेकपा एकीकृत समाजवादी चयन गरेका छन्। उनीहरूले बागमती प्रदेश निर्वाचन कार्यलयमा उपस्थित भई सनाखत गरेका हुन्।
हालसम्म राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।
सामाजिक विकासमन्त्रीसमेत रहेका कृष्ण खनाल उपस्थित नभए पनि उनले एकीकृत समाजवादी चयन गर्ने बताउँदै आएका छ्न्। नेकपा एसका नेता राजेन्द्र पाण्डेले खनाल आजै उपस्थित भएर सनाखत गर्ने बताए। उनले हाल १२ जनाले नेकपा एस चुनेको र यो संख्या बढ्ने दाबी गरेका छन्।
एमालेका १२ सांसदले समाजवादी रोजेपछि बागमती मुख्यमन्त्री शाक्य अल्पमतमा
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् ।
२ भदौमा मुख्यमन्त्रीको पदभार ग्रहण गरेकी उनी अन्ततः १४ दिनमै अल्पमतमा परेकी हुन् ।
एमालेका राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । हाल प्रदेश मन्त्री रहेका कृष्ण शर्मा खनालले पनि समाजवादीमा सनाखत गर्ने भएका छन् ।
लामो समय माधवकुमार नेपाल समूहमा रहेकी शाक्य मुख्यमन्त्री बन्ने भएसँगै केपी ओली समूहमा गएकी थिइन् । एमालेभित्रको शक्ति संघर्षमा माधव नेपाललाई साथ दिँदै आएकी उनी २ भदाैमा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै मुख्यमन्त्री बनेकी हुन् ।


विश्व खबर 


















