images
images
  • एनआरएनको पहलमा साउदीमा कोमामा पुगेर बाँचेका भुजेलको उद्धार

    काठमाडौं । मोरङका वेदबहादुर भुजेल परिवारको आवश्यकता पूरा गर्ने र छोराको उचित पालनपोषण गर्न वैदेशिक रोजगारीमा साउदी अरब पुगेका थिए ।

    समाचार 1

    तर, भनेको उन्ने भने जस्तो काम पायन उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए । त्यहाँ पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात पर्‍यो ।

    साथीभाइको सहयोगमा एक कम्पनीमा सामान्य काम सुरु गरेका भुजेल कामकै क्रममा दुर्घटनामा परे । तेहाको अस्पतालमा भर्ना भएर उनले साढे दुई बर्षसम्म उपचार गरे । भुजेलतीन महिनासम्म कोमामा परेका थिए ।

    बेखर्ची रहेका भुजेललाई अस्पतालले दुई करोड ५० लाख (आर्थात तेहाको लाख २३ हजार रिहाद) को बिल थमाईदियो । अस्पतालको बिल देखेर छाँगाबाट खसे जस्तै भए ।

    बिल तिर्न नसक्ने भएपछि रियादस्थित फ्यामेली केयर अस्पतालले उनी माथि मुद्दा दायर गरेको थियो । सोही मुद्दाका कारण भुजेलले साउदी अरब छोड्न नपाउने स्थितिमा पुगे ।
    विभिन्न माध्यमबाट उनी नेपाली दूतावास र गैरआवासीय नेपाली संघको सम्पर्कमा आइपुगे ।

    दूतावासको विशेष पहलकदमीपछि अस्पतालले भुजेलविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिईदियो ।

    भुजेलको मुद्दा त फिर्ता भयो तर नेपाल फर्कने कुनै उपाय लागेन । आर्थिक रुपमा निकै कमजोर रहेका भुजेलको सहयोगको लागि नेपाली दूतवास साउदीले गैरआवासीय नेपाली संघलाई आग्रह गर्‍यो तर उनको
    नेपालसम्मको उद्धारको जिम्मेवारी संघले लिएको थियो ।

    तेसै बीच मा संघको कोभिड-१९ राहत तथा उद्दार कार्यक्रम अन्तर्गत उनलाई साउदीदेखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाण्डौंमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो । उनको सहयोगार्थ संघले
    आफ्ना स्वयंसेवकहरु परिचालन समेत गरेको थियो ।

    गैरआवासीय नेपाली संघले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालहरुको उद्धार र पुनःस्थापना कार्यक्रमअन्तर्गत
    भुजेलको सम्पूर्ण खर्च व्यहोरेर उनलाई परिवार समक्ष बुझाएको हो ।

    वैदेशिक रोजगारीको लागि १ लाख रुपैयाँ चर्को ब्याजमा ऋण लिएका भुजेलको ऋण अहिले ब्याजसहित ३ लाख ५० हजार भन्दा बढी नाघी सकेको छ र उनको आर्थिक अवस्था नाजुक रहेको छ ।

    परिवारसँगको भेटपछि प्रसन्न देखिएका भुजेल अब के गर्ने भनेर चिन्तित छन् । अहिले उनको ठूलो चिन्ता ऋण कसरी तिर्ने भन्ने हो । उनी भन्छन्, ‘जसोतसो बाँचेर त आएँ तर अब के गर्ने भन्ने चिन्ता छ ।’

    संघका उपाध्यक्ष एवं बैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. बद्री केसीले वैदेशिक रोजगारीका क्रममा अलपत्रमा परेका नेपाली श्रमिकलाई राहत तथा उद्दारको काम जारी रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images