images
images
  • भारतको कोलकातामा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई ल्याइयो काठमाडौं

    काठमाडौं– मलेसियामा कामदार पठाउँदा अवैध रुपमा संकलन गरिएको रकम मलेसिया पठाएको सम्बन्धमा अनुसन्धान अघि बढाएपछि फरार भएका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भारतको कोलकाताबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले उनलाई भारतको कोलकाताबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । उनलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराइएको र हवाइमार्गबाट काठमाडौं ल्याइएको थियो ।

    सीआईबी स्रोतका अनुसार उनलाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालत उपस्थित गराउने प्रक्रिया अघि बढाइएको छ ।

    यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परेका छन् । उनीहरूविरुद्ध ठगी र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images