काठमाडौं– बिहीबार सेयर बजार परिसूचक नेप्से १०.८९ अंक घटेर २ हजार ६३६ अंकमा झरेको छ । अघिल्लो दिन ८.६६ अंक बढेको बजारमा आज कारोबार रकम पनि घटेको छ ।
बुधबार ६ अर्ब १४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भयो । आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको घट्यो भने १४ कम्पनीको स्थिर रह्यो ।
आज लगानी समूहको सूचक ०.७२ प्रतिशत बढेको छ । बाँकी सबै समूह घटेका छन् ।
व्यापार समूह सबैभन्दा धेरै १.५२ प्रतिशत घट्दा बैंकिङ समूह ०.९३ प्रतिशत र होटल तथा पर्यटन समूह ०.६२ प्रतिशत घटे ।
युनिक नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.८८ प्रतिशत बढेको छ । एभरेस्ट कलरको मूल्य सबैभन्दा धेरै ४.६० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा हिमालय ऊर्जा विकास कम्पनी, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक र साहस ऊर्जा अगाडि रहे ।






















