images
images
  • पुरुष क्रिकेटमा कर्णाली प्रदेश विजयी

    कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको पुरुष क्रिकेटमा कर्णाली प्रदेश विजयी भएको छ । सुदूरपश्चिमलाई छ विकेटको फराकिलो अन्तरले पराजित गर्दै कर्णाली प्रदेश विजयी भएको हो ।

    प्रतियोगिताअन्तरगत पुरुष फुटबल, पौडी, महिला क्रिकेट तथा बास्केटबल र टेनिस खेलमा निराशाजनक नतिजा निकालेको कर्णालीले पुरुषतर्फको क्रिकेटमा भने पहिलो जीतसँगै उत्साहजनक सुरुआत गरेको छ । आजको खेलमा कर्णालीका विपिन रावलको योगदानले सुदूरपश्चिमलाई छ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।

    कूल १२८ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि विपिनले ३५ बलमा ६० रन बनाए । ओपनर दिनेश रावत गोल्डेन डक भएपछि केही धर्मराएको कर्णालीका लागि दिनेश अधिकारीले १५ र मनिष थापा तथा कप्तान रवीन्द्रजङ्ग शाहीले समान १३–१३ रन जोडे ।

    टस हारेर पहिला ब्याटिङको निम्ता पाएको छिमेकी टोलीले २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन जोडेको थियो । सुदूरपश्चिमका लागि अभिषेक पालले २८ रन जोड्दा दीपक बोहराको खातामा १८ रन रह्यो ।

    सुदूरपश्चिमलाई सुरुदेखि नै दवाबमा राखेको कर्णालीका लागि दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई–दुई विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images