images
images
  • राष्ट्रिय खेलकुदको लन टेनिसमा आज १० खेल हुँदै

    काठमाडौं – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लन टेनिसमा आज बिहीबार १० खेल हुँदै छन्। प्रतियोगिताको तेस्रो दिन पुरुष सिङ्गलतर्फ चार, महिला सिङ्गलतर्फ एक, महिला डबलतर्फ दुई र मिक्स डबलतर्फ तीन खेल हुने लन टेनिस प्रतियोगिताका सहायक निर्णायक सूर्यभूषण बज्राचार्यले जानकारी दिए। उनका अनुसार खेल बिहान साढे ८ बजेदेखि सुरु हुनेछ ।

    मिक्स डबलतर्फ पहिलो कोर्टमा सुदूरपश्चिमका महेन्द्रबहादुर साउँद र आस्मी धामीले गण्डकीका शक्ति शर्मा र आहाना शेरचनसँग प्रतिस्पर्धा गर्नेछन् । दोस्रो कोर्टमा नेपाल आर्मीका स्वस्तिका बिष्ट र प्रणभ खनाल तथा बागमतीका प्रज्ना मानन्धर र प्रितम परियारबीच खेल हुनेछ ।

    महिला सिङ्गलतर्फ बागमतीकी प्रकृति श्रेष्ठ र नेपाल एपीएफकी समृद्धि महर्जन आमनेसामने हुनेछन्। पुरुष सिङ्गलतर्फ गण्डकीका प्रदीप खड्का र एनआरएनका रेन्जेन लामाबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, बागमतीका प्रितम परियार र नेपाल आर्मीका प्रणभ खनाल, गण्डकीका करणबहादुर थापा र नेपाल आर्मीका राजवीर प्रधान तथा बागमतीका निशान श्रेष्ठ र एनआरएनका असभ सम्राट हडाबीच खेल हुने जनाइएको छ ।

    महिला डबलतर्फ नेपाल आर्मीकी शिवली गुरुङ र स्वस्तिका बिष्टले एपीएफका इन्द्रकला श्रेष्ठ र भगवती बिकसँग प्रतिस्पर्धा गर्नेछन् । गण्डकीकी आरुषी तुलाचन र आहाना शेरचन तथा बागमतीकी प्रज्ना मानन्धर र प्रकृति श्रेष्ठबीच पनि खेल हुनेछ ।

    मिक्स डबलतर्फ एपीएफका देव आशिष रेउले र समृद्धि महर्जनले नेपाल आर्मीकी स्वस्तिका खड्का र प्रणभ खनाल अथवा बागमतीका प्रितम र प्रज्नासँग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images