काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमको मर्यादाक्रम सातौँबाट तेस्रोमा बढाइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मन्त्रीहरूको वरियताक्रम हेरफेर गरेका हुन् ।
रास्वपाको पहिलो महाधिवेशनबाट उपसभापति निर्वाचित गौतमलाई पार्टीभित्र वरियताक्रमलाई लिएर प्रश्न उठेपछि तेस्रो स्थानमा ल्याइएको हो । यसअघि तेस्रो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथोमा पुगेका छन् ।
वरियताक्रममा प्रधानमन्त्री शाह पहिलो, अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो र गौतम तेस्रो स्थानमा छन् ।
हेर्नुहोस् वरियताक्रम :

प्रतिक्रिया दिनुहोस्






















