images
images
  • पोखरामा ‘किङ्ज कप’ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदै, विजेतालाई ४ लाख

    काठमाडौं – पोखरामा आयोजना हुने प्रथम किङ्ज कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा आगामी बुधबारदेखि पोखरा रङ्गशालामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

    प्रतियोगितामा देशका ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल प्रहरी क्लब, गण्डकी प्रदेश, कोशी प्रदेश र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन् ।

    प्रतियोगिताको विजेता टोलीले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

    प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

    राष्ट्रियस्तरका विभागीय तथा प्रदेश टोलीको सहभागिता रहने प्रतियोगिताले नेपाली पुरुष भलिबलको प्रतिस्पर्धात्मक क्षमता र खेलाडीको प्रतिभा प्रदर्शनमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images