काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार बजारमा गोलभेँडा ठूलो प्रतिकिलो ७० रुपैयाँ र सानो गोलभेँडा २० देखि ४० रुपैयाँसम्म कायम गरिएको छ ।
आलु रातो ९लाम्चो र गोलो० प्रतिकिलो ५० रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र सेतो आलु ३० रुपैयाँ तोकिएको छ। प्याज सुकेको ९भारतीय० प्रतिकिलो ९५ रुपैयाँ, गाजर लोकल ९० रुपैयाँ र तराईको गाजर ६० रुपैयाँ रहेको छ । त्यस्तै, बन्दा प्रतिकिलो ३० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, तराईको काउली २५ रुपैयाँ तथा मूला प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।
अन्य तरकारीतर्फ भन्टा प्रतिकिलो ३० देखि ५० रुपैयाँ, तने बोडी ९० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोसा १०० रुपैयाँ र घिउ सिमी ६० देखि १३० रुपैयाँसम्म रहेको छ । टाटे सिमी प्रतिकिलो ७० रुपैयाँ, भटमासकोसा १३० रुपैयाँ, तिते करेला ९० रुपैयाँ, लौका ७० रुपैयाँ, परबर ८० देखि १०० रुपैयाँ र चिचिण्डो ४० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, घिरौँला र झिगुनी प्रतिकिलो ७० रुपैयाँ, पाकेको फर्सी ७० रुपैयाँ, हरियो फर्सी ३० रुपैयाँ, भिण्डी १३० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ, बरेला ४० रुपैयाँ, पिँडालु ७० रुपैयाँ र इस्कुस २५ रुपैयाँ कायम गरिएको छ । सागपाततर्फ रायो साग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो १२० रुपैयाँ, चम्सुर र मेथीको साग १५० रुपैयाँ तथा तोरीको साग ५० रुपैयाँ रहेको छ। हरियो प्याज प्रतिकिलो २०० रुपैयाँ र बकुला तथा तरुल प्रतिकिलो १०० रुपैयाँ तोकिएको छ ।
च्याउमा कन्य च्याउ प्रतिकिलो २६० रुपैयाँ, डल्ले च्याउ ३६० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ एक हजार रुपैयाँ पुगेको छ । कुरिलो प्रतिकिलो ८०० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, चुकुन्दर ९० रुपैयाँ, रातो बन्दा १५० रुपैयाँ र सजीवन २५० रुपैयाँ रहेको छ । त्यस्तै, सेलरी प्रतिकिलो ५०० रुपैयाँ, पार्सले २ हजार ८०० रुपैयाँ, पुदिना ७०० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १६० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ तोकिएको छ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ३५० रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ २५० रुपैयाँ रहेको छ । नेपाली र मालभोग केरा प्रतिदर्जन १५० रुपैयाँ, कागती प्रतिकिलो ३०० रुपैयाँ, अनार ४०० रुपैयाँ र नेपाली तथा भारतीय सुन्तला प्रतिकिलो १०० रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, तरबुजा प्रतिकिलो ८० रुपैयाँ, मौसम र जुनार २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, काँक्रो ४० देखि ८० रुपैयाँसम्म र निबुवा ६० रुपैयाँ रहेको छ । चिनियाँ नासपाती प्रतिकिलो ३०० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ, अम्बा २०० रुपैयाँ, लप्सी ८० रुपैयाँ, स्ट्रबेरी ५०० रुपैयाँ र किवी ३०० रुपैयाँ तोकिएको छ। सरिफा प्रतिकिलो २०० रुपैयाँ, एभोकाडो ३०० रुपैयाँ र अमला ८० रुपैयाँ रहेको छ ।
अन्य कृषि उपजतर्फ अदुवा प्रतिकिलो ९० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो खुर्सानी ८० देखि २०० रुपैयाँसम्म र भेडे खुर्सानी १०० रुपैयाँ कायम गरिएको छ । हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ तथा सुकेको नेपाली र चिनियाँ लसुन प्रतिकिलो २६० रुपैयाँ रहेको छ ।
माछातर्फ सुकेको माछा प्रतिकिलो एक हजार रुपैयाँ, ताजा रहु माछा ३७० रुपैयाँ, बचुवा ३३० रुपैयाँ र छडी माछा ३५० रुपैयाँ तोकिएको समितिले जनाएको छ । समितिले सार्वजनिक गरेको मूल्य थोक बजारको मूल्य भएकाले खुद्रा बजारमा उपभोक्ताले खरिद गर्ने मूल्य फरक पर्न सक्छ ।






















