images
images
  • वडा सदस्यको हस्ताक्षर कीर्ते गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

    काठमाडौं – वडा सदस्यको हस्ताक्षर कीर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन् । ५५ वर्षीय रायलाई मंगलबार साँझ ५ बजे बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार २०८० असार १० गते आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर कीर्ते गरी नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो ।

    उक्त उजुरीका आधारमा सरकारी कागजात कीर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो । घटनाको अनुसन्धानका क्रममा सर्लाही जिल्ला अदालतबाट २०८३ असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि गाउँपालिका अध्यक्ष रायलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
    .

    प्रतिक्रिया दिनुहोस्
    images
    images