images
images
  • सानिमा माई हाइड्रोपावरले घोषणा गर्‍यो १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश

    काठमाडौं – सानिमा माई हाइड्रोपावर लिमिटेड ९एसएचपीसी० ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश नेपाल विद्युत् प्राधिकरणबाट स्वीकृत हुनुपर्नेछ । त्यसपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images