काठमाडौं- अमेरिकामा आगामी राष्ट्रपति निर्वाचन २०२८ को चर्चा सुरु भइसकेको छ । आउँदो निर्वाचनको बारे अहिले चलेको चर्चामा पनि कहीँ न कहीँ गएको मध्यावधि निर्वाचनको असर देखिएको छ । दुई वर्षअघि डोनाल्ड ट्रम्पलाई राष्ट्रपति जिताउने क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका अहिलेका उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्क रुबियो दुवै आगामी राष्ट्रपतिका दाबेदार हुन् ।
अमेरिकाकै हकमा अहिले नै यसरी छलफल गर्नु बेकारको विषय पनि हुनसक्छ । किनकि अन्तिम समयमा भएका सर्वेक्षण पनि असफल हुन थालेका छन् । यसका बाबजुद गएको मध्यावधि निर्वाचनमा सफलता पाएपछि यसले डेमोक्रेट वृत्तमा उत्साह थपिएको छ । यस उत्साहपछि धेरै निकायले सर्वेक्षण पनि गरेका थिए । ४० प्रतिशतले अहिले यस विषयमा कुनै चासो नभएको बताएका छन् ।
हुन त अहिलेसम्म कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन् । ३५ प्रतिशत अमेरिकीले अहिले नै आउँदो राष्ट्रपति निर्वाचनमा कुनै चासो दिएका छैनन् । उनीहरूको मस्तिष्कमा कुनै उम्मेदवार छैनन् । ६४ प्रतिशतले धेरै कुरा हेरेर निर्णय गर्नुपर्ने बताएका छन् ।
रिपब्लिकनका त कोही पनि लोकप्रिय छैनन् ।
रुबियोसँग ८ र भान्ससँग ७ प्रतिशतले ध्यान खिचेका छन् । त्यहाँका रिपब्लिकनहरूसँग आममानिस असन्तुष्ट छन् । उनीहरूले डेमोक्रेटमा यसको विकल्प खोजेका छन् । क्यालिफोर्नियाको गभर्नर गेभिन नेवसम, पूर्वउपराष्ट्रपति कमला ह्यारिस, पूर्वयातायातमन्त्री पिट बुटिबेगप्रति केहीको ध्यान गएको छ ।
अहिले धेरैको अनुमान ह्यारिस उम्मेदवार हुने अनुमान कम छ । धेर्र उनीहरू एक पटक उनकै नेतृत्व हेर्न चाहन्छन् । खासमा डेमोक्रेट र डेमोक्रेट झुकाव राख्नेमध्येका २७ प्रतिशत ह्यारिस राष्ट्रपति भएको हेर्न चाहन्छन् । उनकी प्रतिद्वन्द्वी अलेजान्द्रा ओकासियो कोर्टेज पनि रुचाइएकी व्यक्ति हुन् ।
संसारको सबैभन्दा लामो प्रजातान्त्रिक इतिहास भएको दाबी गर्ने अमेरिकामा अहिलेसम्म महिला राष्ट्र प्रमुख भने बनेका छैनन् ।
दुई पटक राष्ट्रपतिमा डेमोक्रेटले उठाएको महिला उम्मेदवारलाई डोनाल्ड ट्रम्पले पराजित गरेका थिए । यस पटक पनि रेसमा दुई डेमोक्रेट महिला देखिएका छन् । यसो त अमेरिकामा हालै भएको मध्यावधि निर्वाचनमा डेमोक्रेटले पाएको सफलताको कारण यस दलले लिएको समावेशी नीति पनि हो ।
मुस्लिम, अश्वेत र महिलालाई रिपब्लिकनले भन्दा डेमोक्रेटले धेरै प्राथमिकता दिएको थियो । यसको अर्थ निर्वाचन परिणाममा पनि देखिएको थियो । हालै सीएनएनले गरेको एक सर्वेक्षणअनुसार सामान्य नागरिक पनि कमला ह्यारिस फेरि उम्मेदवार भएको हेर्न चाहेका छन् । उनीसँगको रेसमा जर्जियाको गभर्नर जोन उसफ पनि छन् । मध्यावधि निर्वाचनपछि ह्यारिसको पक्षमा अझ धेरै व्यक्तिले सरोकार राख्न थालेका छन् ।
डेमोक्रेटको तर्फबाट दाबी गर्नेमा जर्जियाका सिनेटर राफले वारनक, इलिनियोसका गभर्नर जेबी प्रिट्जकर र केन्टुकीका गभर्नर एन्डी बेसर पनि रेसमा छन् । तर ६० प्रतिशतभन्दा बढीले उनीहरूको नाम पनि सुनेका छैनन् । रिपब्लिकन समर्थकमा भने भान्स र रुबियोको उस्तै प्रभाव छ । दुवैलाई मन पराउने बराबर नै छन् ।
डेमोक्रेटतर्फ रेसमा अन्य महिला पनि छन् ।
मिचिगनका सिनेटर एलिसा स्लोटकिन पनि रेसमा भएको बताइन्छ । मिचिगनकै गभर्नर ग्रिचन ह्वाइमर र मिनोस्टाका गभर्नर एमी क्लाउबाउचर रेसमा छन् ।
यसअघि डोनाल्ड ट्रम्पले रेसमा अन्तिम समयमा पछि पारेका निकी हेली यस पटक पनि रिपब्लिकनभित्र भान्स र रुबियोका मुख्य प्रतिस्पर्धी बनेका छन् । डेमोक्रेटबाट रिपब्लिकन बनेर सन् २०२४ को निर्वाचनको समयमा चर्चामा आएकी राष्ट्रिय गुप्तचरकी प्रमुख तुलसी गावार्ड पनि यस पटक दाबेदार मानिएकी छन् ।
न्युयोर्ककी सांसद एलिसा स्टेफानेक, दक्षिणी डाकोर्टाकी पूर्वगभर्नर क्रिस्टी नोयम र अरान्कासका गभर्नर रसाह हुबकी सान्डर्स पनि रेसमा छन् । विगतको आधार मान्दा समीक्षकहरूले रुबियो र भान्सलाई कडा चुनौती दिने व्यक्तित्वको रूपमा हेलीलाई लिएका छन् ।
पहिलो महिला राष्ट्रपति उम्मेदवार उडहल
अमिरकाको इतिहास हेर्ने हो भने पहिलो पटक राष्ट्रपतिमा उम्मेदवार हुने महिला भिक्टोरिया उडहल हुन् । उनी इक्वल राइट पार्टीबाट उम्मेदवार भएकी हुन् । सन् १८७२ मा भएको निर्वाचनमा उनी उम्मेदवार थिइन् ।
समान हक र अधिकारको आवाज उठाउँदै संसारमा धेरै आन्दोलन भए । लैङ्गिक र वर्णको आधारमा हुने विभेदको विरुद्धमा संसारमा सबैभन्दा धेरै आन्दोलन भए ।
अफ्रिकी मूलकी अश्वेत महिला उडहल पहिलो क्रान्तिकारी स्वभावका महिला हुन् । अमेरिकामा स्टक कारोबार गर्ने पहिलो महिलाको रूपमा कीर्तिमान कायम गर्ने उनीबाट प्रेरित धेरै जना छन् ।
अमेरिकामा पहिलो महिला राष्ट्रपतिकी उम्मेदवार ती नै उडहल कार्ल मार्क्सको पहिलो अन्तर्राष्ट्रिय सङ्गठनको सदस्यसमेत थिइन् । उनी पछि अमेरिकामा समाजवाद र महिला अधिकारका लागि सबैभन्दा धेरै आवाज उठाउनेमा क्रिस्टल इस्टम्यान र एमा गोल्डम्यान हुन् । अमेरिकामा उनले सम्बन्धविच्छेदको अधिकारका लागि पनि पहिलो पटक आवाज उठाएकी थिइन् ।
पहिलो पटक उनको उम्मेदवारी साङ्केतिक थियो । जितको सम्भावना भने मानिएको थिएन । उनी अमेरिकामा प्रभावमा रहेका दुई दल डेमोक्रेट र रिपब्लिकनभन्दा बाहिरबाट उम्मेदवार भएकी थिइन् ।
जितको सम्भावना भएकी पहिलो उम्मेदवार हिलारी क्लिन्टनलाई सन् २०१६ मा डेमोक्रेटले उम्मेदवार बनाएको थियो । क्लिन्टन पपुलर मतमा अघि रहे पनि इलेक्ट्रोल मतमा पछि परेको कारण राष्ट्रपति बन्न असमर्थ भएकी थिइन् ।
सन् २०२८ मा फेरि एक पटक ह्यारिस, ओकासियो, हेली र गाबार्डको चर्चा छ । यसबीचमा उडहल बिर्सने नहुने नाम हो । जो अमेरिकी इतिहासकै क्रान्तिकारी महिलाको रूपमा परिचित छन् ।
-सीएनएन, उमन मेयर र रेडिकल ट्रिट टावरलगायतको सहयोगमा


मनोज घिमिरे 



















