images
images
  • पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं– नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर खरिद लागत महँगिए पनि उपभोक्ताका लागि हाल कायम बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।

    निगमले इन्डियन आयल कर्पोरेसनबाट २०८३ कात्तिक २९ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन नगर्ने निर्णय गरेको हो । निगम सञ्चालक समितिले हिजो सोमबार गरेको निर्णयअनुसार पेट्रोल र डिजेलको साविककै बिक्री मूल्य कायम राखिएको निगमले जनाएको छ ।

    निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम राखेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।

    मूल्य यथावत् राख्दा निगमलाई मासिक रूपमा करिब एक अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको निगमले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images