images
images
  • भारत, चीन र इजरायलका नवनियुक्त राजदूतले राष्ट्रपतिसमक्ष लिए गोपनीयताको शपथ

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् ।

    राष्ट्रपति पौडेलसमक्ष गणतन्त्र भारतका लागि राजदूत डा. निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्णले राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित समारोहमा शपथ लिएका हुन् ।

    उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images