images
images
  • इरानमा फेरि आक्रमण गर्दैछ अमेरिका ? मध्यपूर्वमा एकैसाथ तैनाथ गरियो तीन विमानवाहक युद्धपोत

    काठमाडौं– अमेरिकाले मध्यपूर्वमा थप एउटा विमानवाहक युद्धपोत ‘यूएसएस थियोडोर रुजवेल्ट’ तैनाथ गरेको छ । बीबीसी पर्सियनका अनुसार अमेरिकी सैन्य अधिकारीले सीबीएस न्युजलाई यसबारे जानकारी दिएका हुन् ।

    यसअघि नै मध्यपूर्व क्षेत्रमा अमेरिकाका दुई अन्य विमानवाहक युद्धपोत ‘यूएसएस जर्ज एचडब्ल्यू बुश’ र ‘यूएसएस जर्ज वासिङ्टन’ तैनाथ छन् । नयाँ तैनाथीसँगै मध्यपूर्वमा अहिले अमेरिकाका तीनवटा विमानवाहक युद्धपोत एकैसाथ रहेका छन् ।

    यद्यपि तीनवटै विमानवाहक युद्धपोत लामो समयसम्म यस क्षेत्रमा एकैसाथ रहने सम्भावना भने कम छ । विमानवाहक युद्धपोतका युद्ध समूहहरू निश्चित सैन्य व्यवस्थाअनुसार विभिन्न क्षेत्रमा पालैपालो तैनाथ हुने भएकाले यो अवस्था अस्थायी हुनसक्ने बताइएको छ ।

    -एजेन्सी/फाइल तस्विर

    प्रतिक्रिया दिनुहोस्
    images
    images