images
images
  • मुस्ताङको ठिनी खोलामा ४ करोड ४६ लाखको पक्की पुल उद्घाटन

    काठमाडौं – मुस्ताङको घरपझोङ गाउँपालिकाका पाँचवटै वडा जोड्ने चक्रपथ सडकअन्तर्गत ठिनी खोलामा नवनिर्मित पक्की पुल उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री नन्दप्रसाद न्यौपानेले आइतबार पुलको उद्घाटन गर्नुभएको हो । चार करोड ४६ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको पुल ३५ मिटर लामो र ८ दशमलव ४ मिटर चौडा छ ।

    पुल निर्माण भएपछि पर्यटकीय गन्तव्य ढुम्बातालसहित ढुम्बा, सम्ले, छैरो, चिमाङ, ठिनी र मार्फा क्षेत्रमा वर्षैभरि सडक आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

    यसअघि ठिनी खोलामा आवागमनका क्रममा हुने मौसमी अवरोध हटाउन पुलले सहयोग पुग्नेछ । साथै, स्थानीय बासिन्दा, पर्यटक तथा मालसामान ढुवानीका लागि समेत यातायात सुविधा सहज हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images