images
images
  • त्रिभुवन विमानस्थलबाट साढे तीन किलो गाँजासहित भारतीय युवक पक्राउ

    काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलो थाई गाँजासहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमान रहेका छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार सलमान कात्तिक २८ गते दिल्लीबाट नेपाल आएका थिए । विमानस्थलमा उनको लगेज जाँच गर्ने क्रममा साढे तीन किलो थाई गाँजा फेला परेको थियो । लागुऔषध बरामद भएपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images