images
images
  • अमेरिकाको मियामी विमानस्थलमा ठोक्किए दुई विमान, २ जना घाइते

    काठमाडौं– अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति यूपीएसको एउटा कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान आपसमा ठोक्किएका छन् ।

    मियामी-डेड फायर रेस्क्युका अनुसार यूपीएसको बोइङ ७६७ र कोपा एयरलाइन्सको बोइङ ७३७ विमान एकापसमा ठोक्किएका हुन् ।

    मियामी अन्तर्राष्ट्रिय विमानस्थलका सञ्चार निर्देशक ग्रेग चिनले सीबीएस न्युज मियामीलाई बताएअनुसार स्थानीय समयअनुसार राति करिब ९ः१५ बजे ट्याक्सीवेको एउटा चोकमा अवतरण गरिरहेको र उडान भर्ने तयारी गरिरहेको दुई विमानबीच ठक्कर भएको हो ।

    उनले सुरुवाती जानकारीअनुसार यस घटनामा कोही पनि घाइते नभएको बताएका थिए । यद्यपि मियामी-डेड फायर रेस्क्युले घटनास्थलमै सामान्य चोटपटक लागेका दुई जनाको उपचार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images