काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । छठ पर्वका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सबै नेपाली दिदीबहिनी तथा दाजुभाइको आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गरेका हुन् ।
उनले प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था अभिव्यक्त गर्ने छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक सहिष्णुताको सन्देश प्रवाह गर्ने बताएका छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दा कृतज्ञताको भावना प्रगाढ हुने र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशा तथा ऊर्जाको सञ्चार हुने अध्यक्ष ओलीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्





















