हेटौडा-नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलको नेतामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य चयन भएकी छन्।
बागमती प्रदेशका मुख्यमन्त्री ले आजै संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्य दलको नेता चयन भएकी हुन्। शाक्य सर्वसम्मतिबाट दलको नेता चयन भएको एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी सांसद रचना खड्काले जानकारी दिइन्।माधव नेपाल पक्षकी शाक्यलाई अध्यक्ष ओली पक्षले संसदीय दलको नेता बनाएको हो।
११० सदस्यीय बागमती प्रदेश सभामा एमालेको बहुमत छ। संविधानको धारा १६८ (१) मा बहुमत प्राप्त पार्टीको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने प्रावधान छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















