images
images
  • इजराइली नेता लापिड भन्छन्- अमेरिकी मध्यावधि निर्वाचनले नेतान्याहुको आशा समाप्त

    काठमाडौं– इजराइलका पूर्वप्रधानमन्त्री तथा विपक्षी नेता याएर लापिडले अमेरिकी मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आशा समाप्त भएको प्रतिक्रिया दिएका छन् ।

    उनले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकी निर्वाचनको नतिजाले इजराइलमा बेन्जामिन नेतान्याहुको नेतृत्वमा राष्ट्रिय एकताको सरकार गठन हुने सम्भावना समाप्त गरेको बताएका हुन् ।

    लापिडले लेखेका छन्, ‘आज बिहान सार्वजनिक भएको अमेरिकी निर्वाचनको नतिजाले अप्रत्याशित प्रभाव पारेको छ । यसले नेतान्याहुको नेतृत्वमा राष्ट्रिय एकताको सरकार गठन हुने सबै सम्भावना समाप्त गरेको छ ।’

    उनले इजराइलले नेतान्याहुलाई प्रधानमन्त्री पदमा कायम राख्ने जोखिम उठाउन नसक्ने पनि बताएका छन् । उनका अनुसार नेतान्याहुलाई प्रधानमन्त्रीमा निरन्तरता दिँदा देशको सुरक्षा र लोकतन्त्र जोखिममा पर्ने तथा अन्तर्राष्ट्रिय जगतमा इसराइलको छविमा समेत नकारात्मक असर पर्नेछ ।

    यसैबीच इसराइलमा हालै भएको प्रधानमन्त्री निर्वाचनमा बेन्जामिन नेतान्याहु नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गर्न सकेको थिएन । अरब राजनीतिक दलहरूले यसपटक उल्लेखनीय प्रदर्शन गरेपछि विपक्षी गठबन्धनले सरकार गठनको सम्भावना देखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images