images
images
  • एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनको पूर्वस्वीकृति

    काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति प्रदान गरेको छ । बोर्डले आर्थिक वर्ष २०८३/८४ अन्तर्गत कात्तिक १७ गते बैंकको हकप्रद शेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको हो ।

    स्वीकृतिअनुसार बैंकले हाल कायम शेयरधनीलाई १ः०.५० अनुपातमा हकप्रद शेयर जारी गर्नेछ । अर्थात् हाल कायम प्रत्येक दुई कित्ता शेयर बराबर एक कित्ता नयाँ शेयर खरिद गर्न पाउनेछन् ।

    यसअनुसार बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । उक्त निष्कासनबाट बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ पूँजी जुटाउनेछ।

    हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले पाएको छ ।

    बोर्डको सञ्चालक समितिबाट निर्णय पारित भइसकेको र यससम्बन्धी औपचारिक पत्र जारी हुने क्रममा रहेको जनाइएको छ । नियामक निकायबाट पत्र प्राप्त भएपछि बैंकले शेयर निष्कासनको मिति, बुक क्लोज तथा आवेदन प्रक्रियाबारे विस्तृत जानकारी सार्वजनिक गर्नेछ ।

    हकप्रद शेयर निष्कासनपछि बैंकको चुक्ता पूँजीमा वृद्धि हुनेछ । तर, शेयरधनीले हकप्रद शेयर खरिद गर्न थप रकम लगानी गर्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images