images
images
  • मध्यावधि निर्वाचनमा इरानी सभामुख गालिबाफको प्रतिक्रिया- अमेरिकी जनताले युद्धविरुद्ध मत दिएका छन्, हामी यो सन्देशको समर्थन गर्छौं

    काठमाडौं– इरानी संसद्का सभामुख मोहम्मद बाकेर गालिबाफले अमेरिकी मध्यावधि निर्वाचनको नतिजाप्रति प्रतिक्रिया जनाएका छन् । उनले अमेरिकी जनताले युद्धको विपक्षमा मत दिएको भन्दै त्यसको समर्थन गरेका छन् ।

    सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै गालिबाफले लेखेका छन्, ‘चाहे त्यो विवेकको आवाज होस् वा जीवनयापनको सवाल, अमेरिकी जनताले युद्धविरुद्ध आफ्नो मत दिएका छन् । हामी उनीहरूको यो सन्देशको समर्थन गर्छौं ।’

    उनले अमेरिकी सरकारले अन्तर्राष्ट्रिय शक्तिहरूको दबाब र धम्कीका कारण आफ्नै जनताको इच्छाविपरीत निर्णय गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

    अमेरिकामा नोभेम्बर ३ मा भएको मध्यावधि निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान भएको थियो । यसका अतिरिक्त ३६ राज्यमा गभर्नर पदका लागि पनि निर्वाचन भएको थियो ।

    निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई कडा चुनौती देखाएको छ । विपक्षी डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गरेको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यावधि निर्वाचनमा इन्धनको बढ्दो मूल्यले रिपब्लिकन पार्टीलाई नोक्सान पुर्‍याएको स्वीकार गरेका छन् ।

    फक्स न्युजसँगको कुराकानीमा उनले इन्धन किन्न उपभोक्ताले बढी पैसा खर्च गर्नुपर्दा त्यसलाई मन नपराएको बताएका हुन् । यद्यपि उनले निर्वाचनको परिणामलाई आफ्नो राष्ट्रपति कार्यकालविरुद्धको धक्काका रूपमा नलिएको स्पष्ट पारेका छन् ।

    ट्रम्पले डेमोक्रेटिक पार्टीले धेरै वर्षदेखि ठूलो जित हासिल गर्ने प्रयास गरिरहेको र अन्ततः त्यसमा सफलता पाएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images