images
images
  • घाँस काट्न रुख चढेका ६४ वर्षीय वृद्धको लडेर मृत्यु

    काठमाडौं – बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ औराहामा रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन्। बुधबार बिहान आफ्नै गोठघर नजिकै रहेको बकाइनोको रुखमा चढेर घाँस काट्ने क्रममा उनी अचानक सन्तुलन गुमाएर खसेका थिए ।

    बिहान करिब ८ः१० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका थिङलाई तत्काल सिमरास्थित नगर अस्पताल पुर्‍याइएको थियो । तर, उपचारका क्रममा चिकित्सकले बिहान ८ः४९ बजे उनलाई मृत घोषणा गरेका थिए ।

    घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा थप प्रहरी टोलीसमेत परिचालन गरिएको थियो ।

    प्रहरीले बिहान ९ः३७ बजे घटनास्थलको मुचुल्का तयार गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images