images
images
  • ओली – थापा भेटले जोगायो कांग्रेस नेतृत्वको मधेश सरकार

    काठमाडौ – यस बेला मधेश सरकार संकटमा छ। समर्थन गर्ने घटक मध्य एक एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको मधेश सरकार संकटमा परेको हो। कांग्रेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सरकार अल्पमतमा परेपछि त्यसलाई जोगाउन काठमाडौमा कुदाकुद सुरु भएको छ।
    संघीयताको मर्म अनुसार यो सरकार ढाल्न वा जोगाउन मधेशमा नै कुदा कुद हुनुपर्ने थियो। तर अहिले यसैकारणले नजिक दुरी नभएका नेताहरुको समेत ‘प्रेम’ बढ्न थालेको छ।
    कुनै बेला नामै नलिइकन एमालेहरुलाई दास र लासको पार्टी भएको संकेत गर्ने कांग्रेस सभापति गगन थापा त्यही ढोकामा मधेश सरकारको भीख माग्न मंगलबार साँझ गुण्डु पुगे । उनी मधेशमा आफ्नो मुख्यमन्त्रीको नेतृत्वको सरकार जोगाउन समेत सफल भए ।

    मंगलबार साँझ ओलीलाई भेट्न थापा भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगे ।मधेश प्रदेश सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार सङ्कटमा परेको छ । यही मेसोमा थापाले ओलीसँग महत्वपूर्ण भेट गरेका हुन् ।
    एमाले, जसपा र नेकपा मिलेर नयाँ सरकारको गृहकार्य गरिरहेका बेला थापाले ओलीलाई भेटेका छन् ।
    थापा सभापति भएपछि ओलीसंग औपचारिक भेट भएको हो ।
    गुण्डुमा ओलीले स्वागत गर्दै ठट्टा स्वरमा भने – त्यत्रो १८ करोडको चलखेल भएको रहेछ, मैले त समाचार हेरेपछि पो थाहा पाएँ’। जवाफमा ठट्टा गर्दै थापाले भने‘ खै कति हुन्छ १८ करोड, के मा हल्दा भरिन्छ ?’
    त्यसपछि उनीहरु बिच मधेश सरकारका बिषयमा नै छलफल गरेका थिए ।
    असोज ३० गते नेकपा एमालेका मन्त्रीहरुले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएको थिए । त्यो सगै उनीहरुले मधेश प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जानकारी दिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

    मधेश सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण मन्त्री लखनदास, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका थिए्।

    मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन्।
    स्रोतका अनुसार मंगलबार ओली थापाबिच भएको सहमति अनुसार मधेशमा वर्तमान गठबन्धन कायम राखेर जाने गोप्य सहमति भएको छ। सो सहमति अनुसार मधेशमा राजीनामा दिएका चार मन्त्रीले आज फेरि शपथ लिने भएका छन् । यद्यपी शपथको समय भने तोकिएको छैन।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images