काठमाडौं – वासिङ्टन,अमेरिकामा प्रतिनिधि सभा र सिनेटका लागि भएका मतदानका परिणाम आउन सुरु भएका छन् । अहिलेसम्म आएका परिणामलाई आधार मान्दा डेमोक्र्याटका लागि उत्साहजनक देखिएको छ । हालसम्मको नतिजालाई आधार मान्दा दुवै सदनमा डेमोक्र्याटहरुले बहुमत पाउने करिब पक्का झैँ देखिएको छ ।
प्रतिनिधि सभामा डेमोक्र्याटले १०२ स्थानमा जित हात पारि सकका छन् । १०० स्थानमा अग्रता कायम गरेका छन् । रिपब्लिकले भने ५८ स्थानमा सफलता पाएका छन् । ७७ स्थानमा रिपब्लिकको अग्रता छ ।
केही घण्टामा सबै निर्वाचन क्षेत्रको परिणाम आइ सक्ने अनुमान छ । यस निर्वाचनमा ट्रम्पको आप्रवासी नीति र इरान माथिको आक्रमणलाई अस्वीकार गरेको प्रस्ट भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले मिचिगनमा उम्मेदवार रहेका अब्दुल अल सायदलाई मत दिने यहुदी र अश्वेत पागल रहेको प्रतिक्रिया दिए पछि यसको पनि नकारात्मक असर परेको छ ।
इरान माथि इजरायल र अमेरिकाले गरेको आक्रमणको कारण इन्धनको मूल्य बढेको र आफूहरूले दुख पाएको ठहर धेरैको छ ।
सिनेटमा नर्थ क्यारोलिनामा रोय कुपर, न्यु हाम्पसायरमा क्रिस पापास, जर्जियामा क्रिस उसफ र डालेवारमा त्रिलस कुनसले सफलता पाइ सके । न्यु जर्सीमा कोरे बुकर र रेड आइल्यान्डमा जोन रेडले जित हात पारे । कोलाराडो, इलिनियोस, भर्जिनिया र न्यु मेक्सिकोमा पनि सिनेटमा डेमोक्र्याटले जित हात पारि सकेका छन् । उत्तरी क्यारोलिनामा सफलता पाएका रोय कुपरले इरानसँगको युद्ध रोक्न दबाब दिने बताए ।
फ्लोरिडाको गभर्नर पदमा रिपब्लिकका ब्रायन डोनाल्ड निर्वाचित भए । उनी फ्लोरिडाका पहिलो अश्वेत गभर्नर हुन् । अमेरिकी इतिहासमा पहिलो पटक तिन अश्वेत महिला रहने भएका छन् । डेलवारकी लिसा ब्लन्ट र मेरी ल्यान्डकी एन्जेला अल्सोब्रक अहिले नै सिनेट सदस्य छन् । उनीहरूको पदावधि बाँकी छ । डेमोक्र्याटकी जुलियाना स्ट्रोनले इलिनियोसबाट सफलता पाइन् ।
अहिले सम्मका परिणामको आधारमा प्रतिनिधि सभामा र सिनेटमा पनि डेमोक्र्याटको पकड रहने पक्का भई सकेको छ । सिएनएनले गरेको एक सर्वेक्षण अनुसार ७५ प्रतिशत अमेरिकी अर्थतन्त्रबाट असन्तुष्ट छन् ।
३० वर्ष देखि डेमोक्र्याटले सफलता नपाएको टेक्ससमा यस पटक जेम्स टालासिको कडा प्रतिस्पर्धामा छन् । मिचिगनमा अब्दुल अल सायद चर्चामा छन् । विगतमा रिपब्लिकको पकड रहेको धेरै राज्यहरूमा डेमोक्र्याट कडा प्रतिस्पर्धामा छ । साउथ क्यारोलिना, फ्लोरिडा र कानासमा तीव्र प्रतिस्पर्धा छ । ओहियोमा डेमेक्र्याट उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीतिको असर उनको आफ्नै राज्य फ्लोरिडामा देखिएको छ । विगत देखि नै रिपब्लिकको आधार बनेको सो राज्यमा हिस्पानिक मतदातालाई फकाउँदै डेमोक्र्याटले अग्रता लिएको हो ।





















