images
images
  • दिल्ली र लाहोरमा वायु प्रदूषण उच्च, एक्यूआई ४०० नाघ्यो

    काठमाडौं – उत्तर भारत र पाकिस्तानका केही क्षेत्रमा वायु प्रदूषणको स्तर उच्च बनेको छ। भारतको राजधानी दिल्लीमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ३३२ पुगेको छ, जुन ‘अति खराब’ श्रेणीमा पर्छ। मंगलबार पाकिस्तानको लाहोरमा भने एक्यूआई ४४७ पुगेको छ ।

    आईक्यूएयरका अनुसार लाहोरमा सूक्ष्म धुलोका कण ९पीएम २।५० को मात्रा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तोकेको मापदण्डभन्दा ६० गुणा बढी छ । उच्च प्रदूषणका कारण दुवै क्षेत्रमा जनस्वास्थ्यमा जोखिम बढेको छ ।

    उत्तर भारत र पाकिस्तानका केही क्षेत्रमा चिसो मौसम सुरु भएसँगै वायु प्रदूषण गम्भीर बन्ने गरेको छ। सवारीसाधनबाट निस्कने धुवाँ, निर्माण गतिविधि र खेतमा पराल जलाउँदा उत्सर्जित प्रदूषक चिसो तथा स्थिर हावामा जमेर धुवाँ र तुवाँलोको मिश्रण अर्थात् ‘स्मग’ बन्ने गर्छ । यसले वायुको गुणस्तर खस्काउनुका साथै स्थानीय बासिन्दामा श्वासप्रश्वाससम्बन्धी समस्या र अन्य स्वास्थ्य जोखिम बढाउँछ ।

    दिल्लीमा प्रदूषण नियन्त्रणका लागि प्रदूषण फैलाउने सवारीसाधनको आवागमन र निर्माण गतिविधिमा प्रतिबन्धलगायतका उपाय लागू गरिएका छन्। तर, नोभेम्बर ८ मा मनाइने दीपावलीका क्रममा पटका पड्काउँदा प्रदूषण थप बढ्न सक्ने आशंका गरिएको छ ।

    भारतको सर्वोच्च अदालतले दीपावलीमा कम प्रदूषण गर्ने पटका मात्र पड्काउन अनुमति दिएको छ। यद्यपि, सञ्चारमाध्यममा प्रकाशित एक रिपोर्टअनुसार बजारमा भने सबै प्रकारका पटका बिक्री भइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images