images
images
  • आजको मौसमः तराई र उपत्यकामा बिहान हुस्सु तथा कुहिरो लाग्ने

    काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशभर आंशिक बदली रहेको छ भने केही हिमाली जिल्लाका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दार्चुला, बझाङ र हुम्लाका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ ।

    महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक बदली रहनेछ । देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । त्यस्तै, लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ ।

    सोमबार राति हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरेको छैन। यद्यपि, मौसममा हुन सक्ने परिवर्तनबारे जानकारी राख्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई नियमित रूपमा मौसमसम्बन्धी सूचना र पूर्वानुमान हेर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images