images
images
  • चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५७ रनको लक्ष्य दिएको छ ।

    टस हारेर ब्याटिङमा ओर्लिएको चितवनले इङ्ल्यान्डका क्रिकेटर डेविल मलानको अर्धशतकको मद्दतमा २० ओभरमा तीन विकेट गुमाउँदै १५५ रन बनाएको हो ।

    मलानले ७० रन बनाउँदा रवि बोपराले ३२ र डन मोस्लेले २९ रनको योगदान दिए ।

    बलिङतर्फ विराटनगरका लागि वेस्ट इन्डिजका खेलाडी आन्द्रे रसल महँगो सावित भए । उनले चार ओभरमा एक विकेट लिएर ४० रन खर्चिए ।

    अन्य बलहरु अन्जेलो म्याथुज र चरिथ असलन्काले एकएक विकेट लिए । कप्तान सन्दीप लामिछाने भने विकेटविहीन भए । चार ओभर बलिङ गरेका सन्दीले २३ रन खर्चिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images