images
images
  • इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं – इलामको देउमाई नगरपालिका–१ चमैतामा आज बिहान बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चौरीबजारतर्फ जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    दुर्घटनामा देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

    दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images