images
images
  • जुवातास खेल्दै गरेका आठ जना पक्राउ, साढे ४ लाख नगद बरामद

    काठमाडौं – सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार लाख ५६ हजार रुपैयाँ नगदसहित आठ जनालाई पक्राउ गरेको छ ।
    इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले होटलमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा स्थानीय मोहन घिमिरे, मनोज राई, ईश्वर कार्की, टीकाराम गेलाल, जीवन अधिकारी, युवराज मगर, दुर्गाप्रसाद थापा र खगेन्द्र लिम्बू रहेका छन् । प्रहरीले उनीहरूको साथबाट चार लाख ५६ हजार रुपैयाँ नगद र जुवाखालमा प्रयोग भइरहेको सात बुङ तास बरामद गरेको जनाएको छ ।

    पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images